Shikhar Insurance
National Life

प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १८:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री रोग अस्पतालको कुपण्डोलस्थित नयाँ भवन यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले आज स्वास्थ्य मन्त्रालयका पदाधिकारीको टोलीसहित प्रसूति गृहको अनुगमन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

उनले नयाँ भवन पूर्णरुपमा सञ्चालन गर्न, शौचालयको राम्रो व्यवस्थापन गर्न, आउटरिच क्लिनिकको सेवा बढाउने लगायत निर्देशन दिँदै मन्त्रालयको तर्फबाट सहयोगको प्रतिबद्धता गरे । उनले बच्चाहरुको शल्यक्रियाका लागि कान्ति बाल अस्पतालसँग शय्याका लागि समन्वय गर्न पहल गर्ने समेत उल्लेख गरे । प्रसूतिगृहको सो भवन गत फागुन २ गते उद्घाटन भइसकेको छ । पाँच तल्ले भवनमा ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा पाठेघरको क्यान्सरको जाँच, पिसाव चुहिने समस्या, टेष्टट्युव बेबीलगायतका सेवा प्रवाह हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवसरमा मन्त्री यादवले पोस्ट न्याटल वार्ड, स्पेसल बेबी केयर युनिट, नवजात शिशु कक्ष, एनआइसियु, ह्युमन मिल्क बैँक कक्षहरु अनुगमन गर्नुभएको थियो । भवन निर्माणको पैसा भुक्तानी नहुँदा सञ्चालनमा आउन नसकेको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले जानकारी गराए । उनले भने,“नयाँ भवन छिट्टै सञ्चालनमा आउनेछ । अस्पतालमा पार्किङ र जनशक्तिको अभाव छ । एनआइसियुको बेडको स्तरोन्नति गराउनुपर्ने छ ।”

मन्त्रीसमक्ष नर्स इन्दिरा ढुङ्गेलले नर्सिङ जनशक्तिको अभाव भएका कारण दुई जना नर्सले ५२ जना आमाको हेरचाह गर्नुपरेको बताउँदै दरबन्दी बढाउन माग गरे । सो अस्पतालको ओपिडिमा दैनिक आठ सयदेखि एक हजारसम्मले सेवा लिने गरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्