Shikhar Insurance
National Life

देवेन्द्र दाहालको प्रश्न: संयुक्त सरकारको सञ्चालनको विधिअनुसार बजेट निर्माण भएको हो ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १६:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त सरकारको सञ्चालनको विधिअनुसार बेजट निर्माण नभएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको नीति कार्यक्रम र बजेट तयार गर्दा सरकारमा सामेल भएका राजनीतिक दलहरुसँग छलफल गरेर ल्याउनुपर्ने भएपनि त्यो हुन नसकेको बताए । उनले नीति तथा कार्यक्रमको आधार बजेटमा छ की छैन ? भन्दै प्रश्नसमेत गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले संयुक्त सरकार बनाउँदाका न्युनतम नीति वा प्राथमिकताका साझा संकल्पमा टेकेर ल्याइएको छ की छैन भन्ने उनको प्रश्न थियो । उनले शिथिल भएको अर्थतन्त्रलाई माथि उठाउने गरी बजेट ल्याउन आवश्यक रहेको बताए । उनले समृद्ध नेपाल र सुखी नेपालको नाराका आधारमा बजेट आएको भन्दै सही कुरा समावेश गरिएको पनि बताए । उनले कृषि क्षेत्रको रुपान्तरणको विषय पहिलो प्राथमिकता पर्नु राम्रो भएको उल्लेख गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्