Shikhar Insurance
National Life

‘अर्थमन्त्रीले अर्थ विविधमा ९७ अर्ब किन राख्नु भएको हो बुझ्न सकिन’-पुर्व अर्थमन्त्री महत

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री वर्षमान पुनले अर्थ विविधमा धेरै रकम राख्नुले शंका उब्जाएको बताएका छन् । डा. महतले अर्थमन्त्रीले मनोमानी रुपमा बजेट खर्च गर्न अर्थ विविधमा धेरै रकम राखेको आरोप लगाएका हुन् ।

संसदमा बजेट छलफल कार्यक्रममा बोल्दै डा.महतले भने, ‘९७ अर्ब रुपैयाँ अर्थ विविधमा राखिएको छ मेरो पालामा ४७ अर्ब राखेको थिए, यो किन राखियो भन्दा मनोमानी ढंगले खर्च गर्न पाइयोस्।’ पुर्वमन्त्री महतले अर्थ भौतिक र शहरी मन्त्रालयमा मात्रै बजेट खन्याएको आरोप लगाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘धेरै सुधारको काम मैले सुरु गरेको थिए । तर सुधारको काम आयोगमा पन्छाइदिनु भएको छ । कर समितिले नै कर राम्रो सुझाव दिइसकेको छ, प्रवक्ता महतले भने तर फेरी अर्को आयोग बनाउने भनिएको छ, अब कुनै समिति र आयोगको आवश्यक छैन ।’

‘हामीले एथेष्ट बजेट विनियोजन नगरिएको होइन । हाम्रो जीडीपी टु राजस्व १७ प्रतिशत माथी छ । हामीले छिमेकी देशभन्दा धेरै राजस्व उठाइरहेका छौं । विनियोजन पनि धेरै गरिरहेका छौं। हाम्रो सामाजिक सुरक्षामा धेरै बजेट खर्च गरिराछौं । कनिका छरेजसरी बजेट थपिरहेका छौं ।’ प्रवक्ता महतले थपे ।

‘हाम्रो स्रोत उपयुक्त ठाउँमा लगानि गैरहेको छैन । तितो औषधी खान तयार हुनुपर्छ । १८ खर्ब ६० अर्बको बजेट आएको छ,  प्रधानमन्त्रीजीले २०-२१ खर्बको बनाउन खोज्नु भएको थियो, महतले भने ९१ अर्ब आन्तरिक ऋण बढाएको छ । पुर्व अर्थमन्त्रीहरुले तर्क गरेको म सुन्छु जीडीपीको ८० ७० प्रतिशत पुगेको छ । अरुले गर्ने खर्च उत्पादन शिल क्षेत्रमा छ । हामीले गर्ने खर्च त अनुत्पादक क्षेत्रमा छ ।’

आन्तरिक ऋण धेरै उठाउँदा ब्याजदर बढ्ने पुर्वमन्त्री महतले बताएका छन् । नुवाकोटको बजेट कटौतिमा प्रवक्ता महतले आक्रोश पोखेका छन् । उनले भने, ‘म हिड्नी बाटो हो र ? के गर्न खोज्या ? यो दुर्भाग्यपुर्ण छ ।,

भौतिक योजनामा १ खर्ब ५० अर्ब बजेट छ ।  शहरीमा ६६ अर्ब बाट ९७ अर्ब पुर्याइएको छ । अर्थ भौतिक र शहरीमा खन्याएको महतको आरोप छ । कानुन मन्त्रालयमा ५४ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताएका छन् ।

प्रवक्ता महतले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौति गर्ने काम गरेको भन्दै आपत्ति जनाए । अर्थमन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको उनको दाबी थियो ।

प्रवक्ता महतले सत्तारुढ गठबन्धनमुखि बजेट ल्याउने काम गरिएको आरोप पनि लगाए । प्रवक्ता महतले आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्