Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब ३१ करोड माथि

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १३.५१ अंकले बढेर २०८३.०४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । कम्पनीको २२ करोड ६४ लाख १३ हजार २८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय रुपैयाँ रहेको छ ।

आइतबार १६७ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने नारायणी डेभलपमेन्ट बैंकको सेयर ९.१३ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्