काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंकमा पुगेर बजार बन्द भएको हो ।
आइतबार ३२५ कम्पनीको ९६ लाख ९७ हजार ३०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँ कारोबार भएको छ ।
आइतबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागको छ । मल्टिपर्पस फाइनान्स कम्पनी र मकर जितुमाया सुरी हाइड्रोको सेयरमा सर्किट लागेको हो ।
त्यस्तै, कालिन्चोक दर्शनको ८.८५ प्रतिशत, उप्पर सोलु हाइड्रोपावरको ८.४८ प्रतिशत, माई खोला हाइड्रोपावरको ८.०२ प्रतिशत सहित २११ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्