Shikhar Insurance
National Life

मन्त्रालयहरूमा बजेट थुपारेर सरकारले गलत बाटो लिएकाे छ : काँग्रेस

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १४:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले आवश्यकको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुशी अघि बढ्ने बाटो लिएको समेत बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रवक्ता महतले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौति गर्ने काम गरेको भन्दै आपत्ति जनाए । अर्थमन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको उनको दाबी थियो । प्रवक्ता महतले सत्तारुढ गठबन्धनमुखि बजेट ल्याउने काम गरिएको आरोप पनि लगाए । प्रवक्ता महतले आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्