Shikhar Insurance
National Life

टिसीयलकाे टिभी खरिदमा १ लाख ६३ हजारसम्मको क्यासब्याक, नेपाली जर्सी प्राप्त गर्न सकिने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १२:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । टिसीयलले टि ट्वान्टी विश्व कप २०२४ लाई लक्षित गर्दै ‘Go Big, Go TCL’ नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरूले टिसीयलको टिभी खरिदमा १ लाख ६३ हजार ३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्ने योजना ल्याएको हो ।

टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ । ग्लोबल नम्बर वान गूगल टिभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिदै आएको सो ब्रान्डले प्रत्येक नेपाली घरको आवश्यकता अनुसार टेलिभिजनहरु उपभोक्ता समू ल्याउन सफल भएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

थप रूपमा, टिसीयलले ग्राहकहरूलाई उनीहरूको सपनाको टिभी घरमा ल्याउन सजिलो बनाउन सीजी लोयल्टी क्लब मार्फत नो कस्ट ईएमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरु प्रदान गरेको कम्पनीले जनाएको छ ।

टिसीयलको ९८-इन्च टिभीको ४K रिजोल्युसन र HDR सपोर्ट जस्ता क्षमताहरूसँग उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ। यसको ठुलो डिस्प्लेको सहेताले दर्शकहरूले आफ्नो घरमै बसी स्टेडीयमको अनुभव महसुस गर्न सक्ने कम्पनीले विश्वास राखेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्