Shikhar Insurance
National Life

निःशुल्क आँखा शिविरबाट ३ सय बढी लाभान्वित, ज्येष्ठ नागरिकलाई चश्मा वितरण

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ५ मा आयोजित शिविरबाट तीन सय बढीलाई आँखा परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको छ । सामाजिक संस्था कैलाशकुट सामाजिक अभियानले आयोजना गरेको शिविरबाट तीन सय जना बढी लाभान्वित भएका हुन् ।

संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठका शिविरमा तिलगङ्गा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका थिए । शिविरमा ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिएको थियो । यसअघि पनि अभियानले वडावासीलाई लक्ष्यित गरी मधुमेह र मुटुरोगसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शिविरका लागि लक्ष्मीनारायण देवस्थल सेवा समितिले पनि सहयोग गरेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्