Shikhar Insurance
National Life

पर्यटनमन्त्रीद्धारा चाइनाका क्याबिन क्रुलाई स्वागत, आजबाट दैनिक दुई उडान सुरु

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले चाइना साउर्दन एयरलाईन्सकाका प्रतिनिधिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । शनिबार मन्त्री तामाङ र चाइना साउर्दन विमान कम्पनीको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाडौं उडानको आधिकारिक थप उडानको क्याबिन क्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

मन्त्री तामाङले आगामी दिनमा चाइना साउर्दन विमानको व्यावसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारिता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री तामाङ र चाइना साउर्दन एयरलाइन्सको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाडौं उडानको आधिकारिक थप उडानको क्याविन क्रुहरूलाई विमानस्थलमा स्वागत गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री तामाङले आगामी दिनमा चाइना साउर्दन एयरलाइन्सको व्यवसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारीता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा आफ्नो उडान थपेको छ । हाल ग्वान्जाओबाट काठमाडौँ गन्तव्यमा हरेक दिन एउटा उडान गरिरहेको साउदर्न एयरलाइन्सले आजदेखि दिनमा दुई वटा उडान सुरु गरेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार चाइना साउदर्न एयरलाइन्सको जहाज दिउँसो काठमाडौँ विमानस्थलमा अवतरण भई यहाँबाट यात्रुलिएर ग्वान्जाओ उडेको छ । उक्त एयरलाइन्सले कोभिड –१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएकोमा महामारीका कारण एक उडान कटौती गरेको थियो । कटौति भएको उडान आजदेखि पुनः सुचारु गरेको हो । ग्वान्जाओबाट काठमाडौं दिउँसो २ बजे अवतरण हुने जहाज काठमाडौंबाट ३ बजे ग्वान्जाओका लागि उडान भर्नेछ ।

त्यस्तै, राति ११ बजे काठमाडौं आएर १२ बजे ग्वाञ्जाओ फर्किने उडान तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ । योसहित चीनका चार एयरलाइन्सले काठमाडौं गन्तव्यमा उडान गर्दै आएका छन् । एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इन्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्छन् । चीनबाट उडान बढेसँगै चिनियाँ पर्यटक आगमन बढ्ने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय २ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार ८७ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ ।

बोर्डकाअनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् । मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्