काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार रुपैयाँ रहेको छ । अघिल्लो दिन (शुक्रबार)सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ४१ हजार ३०० रुपैयाँ रहेको छ भने अघिल्लो दिन सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८५० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्