Shikhar Insurance
National Life

प्रिमियम मूल्यमा सागर डिष्टिलरीको १३ लाख ८० हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १०:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीहरुको हाल कायम चुक्ता पूँजीको अनुपातमा १३ लाख ८८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य २ सय रुपैयाँमा रहेको छ । जसमा १ सय रुपैयाँ अंकित मूल्यमा र १ सय रुपैयाँ प्रिमियम बापतको थप गरेको कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीकाे संचालक समितिमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा सेयरधनीहरुबाट आवेदन नपरेको कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने जानकारी गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्