Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकको ‘कर्पोरेट क्रिकेट लिगकाे संस्करण-३’ जेठ २२ गतेदेखी सञ्चालन हुने 

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १९:१६
Hyundai
NCELL
NIMB
काठमाडौं । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिक साधारण सभाको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, सस्ंकरण ३ सञ्चालन गर्ने भएको छ । बैंकले जेठ २२ गतेदेखी जेठ २४ गतेसम्म इमाडोल, ललितपुरस्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको हो ।
क्रिकेट लिग–२०२४ मा कुल ३१ खेलहरु हुने र १६० जना खेलाडीहरु रहने उक्त लिगमा ७ वाणिज्य बैंकहरु, ८ विकास बैंक तथा १ वित्त कम्पनीको सहभागिता रहने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त लिगको उद्घाटन समारोह जेठ २२ गते बिहान ७ ः०० बजे र समापन तथा पुरस्कार वितरण समारोह जेठ २५ गते हुनेछ । आज(शुक्रबार) आयोजित पुर्व प्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा महालक्ष्मी विकास बैंकका कम्पनी सचिव तथा विभागीय प्रमुखहरुले विजेता ट्रफी र जर्सी सार्वजनिक गरेका छन् । साथै, सोेही कार्यक्रममा टिम कप्तानहरुलाई जर्सी वितरण गरेका छन् ।
बैंकले भने, लिग कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलिलाई ४ वटा समुहमा विभाजन गरिनेछ जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, ऐभरेष्ट बैंक, नबिल बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्सको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्