Shikhar Insurance
National Life

सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था छैन : अर्थविद डा.पौडेल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १८:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थविद डा. विश्वनाथ पौडेलले सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा विषय कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सुधारका कुनैपनि नीति नल्याएको बताए । उनले सरकारले ल्याएको नयाँ सुधारको नीतिले नयाँ उद्योग थप्न सक्ने अवस्था नदेखिएको बताए । उनले सरकारले ल्याएको बजेटमा नयाँ कुराहरु केही नभएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सुधारका कुरामा विगतका बजेटमा मन्त्रालयगत,नयाँ सुधार योजना हुँदा स्पष्ट गरिने तर अहिलेको बजेटमा सुधारका योजना नभएको जानकारी गरे । उनले मुख्य ड्राइभर भनेर हेर्ने भौतिक पूर्वाधार र शहरी विकासमा बजेट बढेको पनि त्यहाँ खल्तीका योजनाहरु आउने गरी बजेट ल्याइएको बताए । उनले भौतिक र शहरी मन्त्रालयमा बढाएको बजेट खर्च हुने अवस्था नदेखिएको बताए । उनले कृषि, शिक्षा र स्वास्थ्यको बजेटको प्रतिशत घटेको उल्लेख गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्