Shikhar Insurance
National Life

परिवर्तनलाई सही मानसिकताका साथ आत्मसात गरे कामको भविष्य सिर्जना गर्न सकिन्छ : अध्यक्ष ओझा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १८:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले परिवर्तनहरूलाई सही मानसिकताका साथ आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिने बताएका छन् । उनले आज (जेठ १८ गते) शुक्रबार सोल्टी होटलमा सम्पन्न ‘सीईओ कन्फरेन्स’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उपपराष्ट्रपति रामसहाय यादवले सम्मेलनको समुद्घाटन गर्दै विद्यमान विश्व परिवेशमा आर्थिक, सामाजिक एवं वातावरणीय चुनौतीहरू बढ्दै गएको सन्दर्भमा त्यस्ता चुनौतीहरूको समुचित व्यवस्थापन एवं समाधानका लागि व्यवस्थापकहरूको महत्वपूर्ण भूमिका रहेको औंल्याए । कार्यस्थलको रूपान्तरणसँगै संस्थाहरू, कर्मचारीहरू र सरकारहरूबीच सहकार्य अत्यावश्यक रहेको भन्दै सम्मेलनका वक्ताहरूले सञ्चार, सहकार्य, कर्मचारीको भलाई, विविधता, समावेशीता र सिकाइको निरन्तरताको प्राथमिकीकरण यी परिवर्तनहरूलाई सफलतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘परिवर्तनहरूलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने दृष्टिकोणसहित नेपाल व्यवस्थापन संघले ‘सीईओ कन्फरेन्स’ आयोजना गरेको हो,’ सम्मेलनमा स्वागत मन्तव्य राख्दै नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले बताए । ‘कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसात’ मुख्य विषयवस्तु रहेकोसम्मेलनको मुख्य उद्देश्य सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग गरेका थिए ।

कोभिड–१९ महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा यस सम्मेलनले वैश्विक मुद्दाहरू सम्बोधनका लागि नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरूको आदानप्रदान र सहकार्यका लागि मञ्च प्रदान गरेको सहभागीहरूले बताए । सम्मेलनमा विभिन्न क्षेत्रका २०० भन्दा बढी प्रतिनिधिहरू– प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, इन्भेष्ट इन्डियाका पूर्व अध्यक्ष दीपक बाग्ला, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाबोर कयुमोभ, बैंकका नेपाल प्रतिनिधि हेमा कुमारी अधिकारीलगायतको सहभागि रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्