Shikhar Insurance
National Life

अरुको नाममा गाडी किनेर चढ्न नपाइने, ‘हायर पर्चेज’ कम्पनीले फर्जी ग्राहक बनाए ५ करोड जरिवाना

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १८:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलोपटक ‘हायर पर्चेज कर्जा दिने कम्पनीकरुको लागि ‘सम्पत्ति शुद्धीकरण’ तथा आतंककारी कार्यमा वित्तीय लागानी निवारण सम्बन्धी व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले बैंकले आज (शुक्रबार) एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंककले ल्याएको कार्यविधि अनुसार ‘हायर पर्चेज’ प्र-प्रधानमन्त्री कम्पनीले पछि कुनै पनि ग्राहक खडा गर्न नपाउने नियम लागू गरेको छ । नियम विपरीत कार्य गर्दा राष्ट्र बैंककले १० लाखदेखि ५ करोड सम्म जरिवानको लगाउने कार्यविधि बनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंककले १० लाख र बढीमा ५ करोडसम्म जरिवानाकाे व्यवस्था गरी १० वटा कार्यविधि बनाएको छ । बैंकले पहिलो कार्यविधि ग्राहक पहिचालन तथा सम्पुष्टि रहेको छ । अर्काको नाममा गाडी किनेर आफुले चढ्न नपाउने रहेको छ ।

कुनै व्यक्तिको कारोबारमा परिवार बाहेक अन्य कुनै व्यक्ति वास्तविक धनीकोरुपमा रहेको शंका लागेमा सोको समेत पहिचान गर्ने पाउने बैंककले जानएको छ ।

हायर पर्चेज कर्जा दिने कम्पनीले सम्बन्धित ग्राहकमा निहित जोखिमको आधारमा देहायबमोजिमका व्यक्तिहरुको ल्याप्चे सहिछाप वा बायोमेट्रिक लिनु पर्ने बैंकले जनाएको छ ।

प्राकृतिक व्यक्तिको हकमा सम्बन्धित ग्राहक, कानुनी व्यक्ति वा प्रवन्धको हकमा सम्बन्धित संस्थाको निर्णयबमोजिम अख्तियारप्राप्त व्यक्ति गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

साथै, नियम पटक पटक उल्लंघन भएमा कारोबार वा व्यवसाय नै आंशिक वा पूर्ण रोक लगाउने वा इजाजतपत्र निलम्वन वा खारेज गर्ने सम्मको कारबाही गर्ने व्यवस्था राष्ट्र बैंकले सूचनामार्फत जानकारी गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्