Shikhar Insurance
National Life

‘सिड्स फर द फ्युचर’ले विद्यार्थीहरूलाई टेक्नोलोजी करियरमा जान मद्दत गर्छ : सीईओ जुन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १७:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । ह्वावे नेपाल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ह्वांग जुनले ‘सिड्स फर द फ्युचर-२०२४ ‘ कार्यक्रमले आम युवा विद्यार्थीहरूलाई टेक्नोलोजी करियरमा जान मद्दत गर्ने बताएका छन् । जुनले ह्वावेद्वारा आज (शुक्रबार) राजधानीमा आयोजित कार्यक्रममा ‘सीड्स फर द फ्युचर’ कार्यक्रमको दर्ता खुलेको जानकारी दिदैँ यस्तो बताएका हुन् ।

स्नातक तहका विद्यार्थीहरूले www.seedsnep.com वेबसाइट मार्फत आफ्नो नाम जून ९ सम्म दर्ता गर्न सक्नेछन् । ह्वावेका प्रमुख कार्यकारी अधिकृत, ह्वांगजुनले, ‘यो कार्यक्रमद्वारा ह्वावेले उज्ज्वल दिमागको विकासको प्रतिबद्धता गरि, प्राविधिक नवाचार र अन्तर-संस्कृतिक आदानप्रदानलाई बढावा दिन्छ। यस कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवले हाम्रा युवा प्रतिभाहरूलाई डिजिटलमा नेतृत्व लिन सशक्त बनाउनेछ। उनीहरु आज बिउ हुन् जो भविष्यका आविष्कारकहरू, उद्यमीहरू, र राष्ट्रका प्राविधिक नेताहरू बन्नेछन् ।’ उनले यस कार्यक्रममा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालका लागि जनवादी गणतन्त्र चीनका असाधारण र पूर्ण शक्तिका राजदूत महामहिम चेन सोङ्गले भने, “ह्वावे नेपालमा २५ वर्षदेखि राम्रोसँग कनेक्टेड विश्व निर्माण गर्न समर्पित छ । ‘सीड्स फर द फ्युचर’ कार्यक्रम नेपालमा युवा प्रतिभाको पालनपोषण र नवप्रवर्तनको लागि एउटा ज्वलन्त उदाहरण हो । यो नवप्रवर्तन पहलले ज्ञान विस्तार र क्षमता निर्माणलाई प्रतिबिम्बित गर्दछ, जुन कुनै पनि समाजको उन्नतिको लागि महत्त्वपूर्ण छ ।”

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले भने,’ह्वावेको उपस्थिति व्यापारिक प्रयासहरू मार्फत मात्र नभएर क्याम्पस भर्ना, ज्ञान हस्तान्तरण र विश्वविद्यालयको सहकार्यका साथै सीड्स फर द फ्युचर जस्ता स्थानीय प्रतिभा कार्यक्रमहरूको निरन्तर पहलद्वारा पनि आईसीटी क्षेत्रमा साँच्चिकै रूपान्तरणकारी भएको छ ।’ यूनेस्कोका चिफ अफ य्याजुकेशन ध्रुव राज रेग्मीले कार्यक्रममा बोल्दै यस कार्यक्रमले विद्यार्थीहरुलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न, व्यावसायिक सफलता हासिल गर्न महत्वपूर्ण योगदान गर्ने बताए । उनले यो कार्यक्रमले नेपालको डिजिटल अर्थतन्त्रलाई गति दिन, पूर्वाधार क्षेत्रमा विशेष स्थान बनाउन मद्दत पुग्ने जनाए ।

सिड फर द फ्युचर कार्यक्रम काठमाडौं युनिभर्सिटी, युनेस्कोलगायतकाे सहकार्यमा भएको हो । कम्पनी १७० भन्दा बढी देशहरुसँग जोडिएको र करिब ५ सय कलेजका विद्यार्थीहरु सिड फर द फ्युचर कार्यक्रमबाट लाभान्वित भएको कार्यक्रम आयोजकले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्