Shikhar Insurance
National Life

६० वर्षीया पार्वती घर्ती मकै बेचेर जीविकोपार्जन गर्दै

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १४:३८
Hyundai
NCELL
NIMB

दाङ । दाङ घोराही उपमहानगरपालिका–१८ रझेनाका ६० वर्षीया पार्वती घर्तीले मकै बेचेर जीविकोपार्जन गर्दै आएकी छिन् । जेठको चर्को घाममा पनि उनी मकै पोलेर बेच्न व्यस्त रहेकी छिन् । उनले विगत ३५ वर्षदेखि यसरी नै आफ्नो दैनिकी सञ्चालन गर्दै आएकी हुन् ।

हरेक वर्ष मकैको सिजन सुरु भएसँगै उहाँलाई पोलेर बेच्न भ्याइनभ्याइ हुन्छ । घर्तीले मौसमी मकैभन्दा बेमौसमी बढी बिक्ने भएकाले गर्मीमा पनि असिनपसिन भएर मकै पोल्दै आएको बताइन् । प्रतिगोटा २५ ले बेच्दा १० फाइदा हुन्छ । खर्च कटाएर दैनिक चार÷पाँच सयसम्म आम्दानी भइरहेको छ उनले भनिन् । यही कामबाट भएको आम्दानीले आफूसहित पाँच जनाको जीविकोपार्जन भइरहेको उनले जानकारी दिइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घर्तीले भनिन् ‘उमेरअनुसारको अन्य काम, पेसा व्यवसाय गर्न सकिँदैन त्यसकारण यही पेसालाई निरन्तरता दिँदै आएको छु । मैले पोलेको मकै सबैले असाध्यै मन पराउँने हुँदा खुसी लाग्छ ।’ सानै भए पनि स्वरोजगार हुँदा आफूलाई आवश्यक परेमा दुई÷चार हजारका लागि अरुसँग हात थाप्न नपर्ने उनको अनुभव छ ।

गर्मीको समयमा केही समस्या भए पनि विगत लामो समयदेखि गर्दै आएको कामप्रति घर्ती सन्तुष्ट रहेकी छिन् । उनी बिहानको समयमा देउखुरीका विभिन्न ठाउँमा हरियो मकै लिन जान्छीन् । उनले भिनिन् भने दिउँसो २ बजेपछि घोराही–१५ को कृषिउपज बजार केन्द्रको अगाडितर्फ सडक छेउमा मकै पोलेर बेच्न व्यस्त हुन्छिन् । दैनिक १५ सयदेखि दुई हजारसम्मको कारोबार हुने गरेको उनले बताइन् ।

घर्तीजस्तै घोराही–१८ का मनकुमारी नेपालीको पनि मकै बेचेरै दैनिकी बित्ने गरेको छ । ५८ वर्षीया मनकुमारीले २१ वर्षदेखि मकै पालेर बेच्ने गरेको बताइन् । लामो समय भइसकेकाले आफूलाई यो पेसा सहज लाग्ने उनको भनाइ छ ।

उमेर हुँदा पनि अरु जागीर गर्नको लागि पढाइ भएन । अहिले अरु काम गरेर खान पनि नसकिने अवस्था भएकाले मकै पोलेर बेच्ने गरेको छु । आफूले सक्दासम्म यो कामलाई निरन्तरता दिनेछु उनले भनिन् मकै लिन बिहान देउखुरी जान्छु, दिउँसोको समयमा पोल्ने र बेच्नेमा दिन बित्छ ।

आजभोलि दाङमा अत्यधिक गर्मी बढेकाले केही समस्या भएको नेपालीले बताइन् । आफूले पोलेको मकै सहजरुपमा बिक्री हुँदा खुसी लाग्ने उनको अनुभव छ । दैनिक ६०÷६५ गोटा मकै पोलेर बेच्ने गरेको बताउँदै उहाँले रु १५ सयदेखि दुई हजारसम्मको कारोबार हुने जानकारी दिइन् ।

पार्वती घर्तीले मकै पोल्दै गरेको ठाउँमा भेटिनुभएका घोराही–१५ का डम्मरी रावतले बजारका अन्य खाजा खानुभन्दा स्वास्थ्यलाई पनि फाइदा हुने भन्दै मकै नै खान आग्रह गरीन् । आफू पनि हरेक दिन खाजा खाने समयमा उनले पोल्दै गरेको ठाउँमा आएर मकै खाने गरेको उनले बताइन् । यति धेरै गर्मीको समयमा पनि उनीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिएको भन्दै आत्मविश्वासका लागि सबै महिलाले स्वरोजगार बन्नुपर्ने उनको भनाइ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्