Shikhar Insurance
National Life

पेट्रोलियम पदार्थ उत्खननमा दर्जनौ कामदार अहोरात्र व्यस्त, चार महिनाभित्र पूरा गर्ने लक्ष्य

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार ११:१९
Hyundai
NCELL
NIMB

दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।

उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार २ अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्