Shikhar Insurance
National Life

७ करोड ४६ लाख लागतमा तनहुँको खुदीखोलामा पक्की पुल बन्दै

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १०:३६
Hyundai
NCELL
NIMB

तनहुँ । बन्दीपुर गाउँपालिका–२ भएर बग्ने खुदीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको लगानीमा पुल निर्माण सुरु भएको हो ।

वि.सं २०८२ भदौ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम थालिएको २५ मिटर लामो पुल ७ करोड ४६ लाख १० हजार पाँच सय २० को लागतमा बन्ने पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुलको बिहीबार शिलान्यास गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानले निर्धारित समयभित्रै काम सम्पन्न गर्न आग्रह गरे । गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उनले निर्माणको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए ।

बन्दीपुर गाउँपालिकाका वडाध्यक्ष तिलकबहादुर कुँवरले लामो समयदेखिको वडाबासीको पुल निर्माणको माग पूरा हुन लागेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्