काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सरकारबाट लिएको ऋण पुँजीकरण गर्ने भएको छ । १४ वर्षको वार्षिक साधारणसभा एकै पटक गर्दै ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको ऋण पुँजीमा रूपान्तरण गर्ने भएको हो ।
साधारणसभाको विशेष प्रस्तावअनुसार कम्पनीको हाल रहेको पुँजीलाई बढाएर १० अर्ब पुर्याइने छ ।
कम्पनीले सरकारलाई १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सावाँ र १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ ब्याज तिर्न बाँकी छ ।
कम्पनीले जेठ ३० गते साधारण सभा डाकेको छ ।
नोटः यसअघि अन्यथा भएकाले सच्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्