Shikhar Insurance
National Life

सिजीको टिभी खरिद गर्दा आकर्षक क्यासब्याक, २.१ स्पिकर प्राप्त गर्न सक्ने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार १७:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्राण्ड सिजीले ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान सुरु गरेको छ । अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुने टि २० विश्वकप २०२४ लाई लक्षित गर्दै सिजीले यस्तो अभियान सुरु गरेको हो ।

यस रोमाञ्चक अभियान अन्तर्गत ग्राहकहरुले कुनै पनि सिजी ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा ६५ र ७५ ईन्चको टिभीमा सिजीको २.१ स्पिकर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन-द-स्पट ० प्रतिशत ईएमआई, सीजी लोयल्टी क्लब रिवार्ड र सिजी इलेक्स् मार्फत आफ्नो सामानको मुल्याङ्कन आफै गरि एक्सचेन्ज गर्न सक्नेछन्। सिजी ब्रान्डका टिभीहरू नेपालको एक मात्र आइ एस वो ९००१ : २०१५ प्रमाणित टिभीहरू हुन् र यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मजा लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले भने, ‘आई सि सि टि २० विश्वकप २०२४ को नजिकिँदै जाँदा, नेपाली फुटबल फ्यानहरूले सिजीको क्युलेड नेपालको एक मात्र पहिलो गुगल सर्टिफाइड टिभी मार्फत खेलको मज्जा लिन सक्नेछन् । यो अभियान नेपालभर सीमित समयको लागि लागु हुनेछ।’

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्