Shikhar Insurance
National Life

कुमारी बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार १२:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको २ लाख २३ हजार ४५१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक सेयरधनी शर्मिला आचार्य शर्माको नाममा रहेको ८० हजार १८२ कित्ता, नैन कला शर्माको नाममा रहेको २६ हजार ७२६ कित्ता, अनिल पराजुलीको नाममा रहेको ४० हजार ७४१ कित्ता, शोभा शर्मा पाण्डेको नाममा रहेको ५४ हजार ६०२ कित्ता र सुरेन्द्र कुमार जोशीको नाममा रहेको २१ हजार २ सय कित्ता गरी जम्मा २ लाख २३ हजार ४५१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर खरिद बिक्रीको प्रक्रिया अगाडि बढाउँने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्