Shikhar Insurance
National Life

हिमालयन बैंकको साढे १५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार १२:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक सेयरधनी अशोक अग्रवालको नाममा रहेको ३१ हजार ६१५ कित्ता, सुख बहादुर गुरुङको नाममा रहेको १३ हजार ९२२ कित्ता, राजेन्द्र भक्त श्रेष्ठको नाममा रहेको १६ हजार ८१३ कित्ता, हरिहर प्रसाद लामिछानेको नाममा रहेको १६ हजार १०६ कित्ता, जित कुमार श्रेष्ठको नाममा रहेको २० हजार ४८१ कित्ता, काशी राम ढकालको नाममा रहेको ९०४ कित्ता र प्रभा गोेयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता गरी जम्मा १५ लाख ५१ हजार २५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, कमलादीमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर खरिद बिक्रीको प्रक्रिया अगाडि बढाउँने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्