Shikhar Insurance
National Life

एम्बुलेन्सलाई भ्याट छुट महलमा राख्दा लक्जरी गाडी पनि पर्यो, अर्थ मन्त्रालयले भुलचुक सुधार गर्ने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार ०७:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । महँगा तथा लक्जरी गाडीलाई पनि मूल्य अभिवृद्धि कर (भ्याट) छुटमा परेपछि अर्थमन्त्रालयले सच्याउने भएको छ । एम्बुलेन्सलाई भ्याट छुटको लिष्टबाट हटाउँदा पेट्रोलियम गाडीहरु समेत छुटमा परेपछि सच्याउने भएको हो ।

मन्त्रालयले कुनैपनि पेट्रोलियम गाडीलाई भ्याट छुटमा नछुटाउन सम्पुर्ण भन्सार कार्यालयहरुलाई आग्रह गरेको छ । बुधबार (जेठ १६ गते) पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री वर्षमान पुनले मानविय त्रुटीका कारण केहि प्राविधिक समस्या देखिएको बताएका थिए । सोलाई तत्काल सच्याउने प्रतिबद्धता समेत जनाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालय स्रोतका अनुसार एम्बुलेन्सको भन्सार शिर्षकलाई भ्याट छुटमा इन्ट्री गराउँदा सँगै पेट्रोलियम गाडीको भन्सार शिर्षक पनि सँगै गएको हो । करको दर निकै संवेदनशिल विषय हो तर मन्त्रालयले सो दर जेठ १४ गते राति ३ बजे मात्रै टुङग्याएका थिए ।

मन्त्री पुनले अर्थसचिव मन्त्रालयमा नै बिहान ४ बजे सुतेको र आफू भने साढे ३ बजे मन्त्री क्वाटर निस्किएको बताएका थिए । यस्तै राजस्व सचिव पनि बिहान ४ बजे घर गएका थिए ।

राजस्वको दर हतारमा निर्धारण गर्दा त्रुटी भएको बजेट टिमका एक सदस्यले बताए । ती सदस्यले भने, ‘करको दर जहिले अन्तिममा नै निर्धारण गर्ने गरिन्छ, हतारमा गरिएको कामको प्रफेक्सन आउन सक्दैन, यो ठूलो मानविय त्रुटी हो ।’

ती सदस्यका अनुसार अब मन्त्रालयले संसदमा पेश गरेको आर्थिक ऐनमा संशोधन गर्नु पर्नेछ । भुलचुक सुधार गरी राजपत्रमा प्रकाशित गर्नु पर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्