Shikhar Insurance
National Life

हिमालयन लघुवित्तद्धारा व्यवस्थापकीय नेतृत्व विकास तालिम, १ सय बढी सहभागि

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १६:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले Managerial Leadership Development Training कार्यक्रम सम्पन्न भएको छ । संस्थाले व्यवस्थापकहरुको नेतृत्व विकास गर्ने अभिप्रायले जेठ १२ देखि १४ गतेसम्म सञ्चालन गरेको कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारी सहित करिब १०० जनाको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीइओ) ले विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा सेवाहरु प्रदान गरिरहेको परिवेशमा विगत केही वर्षदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको असहज परिस्थितिको बाबजुद पनि विचलित नभईकन आफ्नो सेवाहरु निरन्तर रुपमा प्रदान गर्दै आइरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले विविध सूचकाङ्कको आधारमा विगत पांच वर्षको वृद्धिदर हेर्दा यस वित्तीय संस्थाले लघुवित्त बजारमा आफ्नो बलियो उपस्थिति जनाएको र यसको सम्पूर्ण श्रेय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा जाने बताउंंदै भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाट तालिमहरु प्रदान गर्दै जाने योजना रहेको बताए । तालिम समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मी तथा सञ्चालकज्यूहरुले सहभागीहरुलाई आवश्यक मार्गनिर्देशन सहित अन्तरक्रिया गर्दै तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको जानकारी लिई सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मीज्यूले आर्थिक वर्ष २०७९÷८० मा विविध विधामा सर्वोत्कृष्ट हुन सफल शाखा कार्यालयहरुलाई पुरस्कृत गरेका थिए । संस्थाले हासिल गरेको प्रगतिमा कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको थप उन्नती र प्रगतिको लागि लघुवित्त क्षेत्रमा हाल देखा परेका चुनौतिहरुबाट विचलित नभईकन दत्तचित्त भएर कार्य गर्न शुभकामना व्यक्त गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्