Shikhar Insurance
National Life

२३.८१ अंकले घट्यो सेयर बजार, कारोबार रकमा पनि गिरावट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्ष ०८१/०८२ को बजेटले सेयर बजारमा नकरात्मक प्रभाव पारेको छ । साताको चौथो कारोबार दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८१ अंकले घटेर २०८९.४२ को बिन्दुमा पुगेर बजार बन्द भएकोे छ ।

बुधबार ३१४ कम्पनीको १ करोड ७३ लाख ८ हजार १ सय ६९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २ सय ७४ रुपैयाँ ३९ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सबैभन्दा धेरै पोखरा फाइनान्सको कारोबार भएको छ । कम्पनीको १९ करोड ५२ लाख १० हजार ६ सय ६५ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ६८ रुपैयाँ रहेको छ ।

बुधबार ५६ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९१ कम्पनीको घटेको छ । आज ४ कम्पनीके सेयरमा सकरात्मक सर्किट लागेको छ भने बुद्ध भुमी नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.४१ प्रतिशले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्