काठमाडौ । विद्युतिय गाडिमा किलोवाट छ्ली भएको राजस्व सचीव डा रामप्रसाद घिमिरेले बताएका छन् । भन्सार विभागको तथ्यांक हेर्दा इभि गाडीको आयातमा ठुलो विचलन देखिएकाे घिमिरेले बताएका हुन ।
अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचीव घिमिरेले भने ‘भारतमा मुल्यमा कर लगाएको छ । तर हामिले किलोवाटमा लगाएका छौं, गाडी आयातको तथ्यांक हेर्दा ५० देखि १ सय किलोवाटमा धेरै आयात भएको देखियो जसमा विचलन भएको भेटियो यसलाई रोक्न कर बढाएका छौं ।’
उनले इभि आयातकर्ताहरुले १ सय किलोवाट भन्दा बढीको गाडीलाई कागजात मिलाएर ल्याउने गरेकाे बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा वेबसाईट परिक्षण गर्दा पनि विचलन देखिएको सचीव घिमिरेको भनाइ छ । इभि गाडिमा किलोवाट छ्लीबाट ५ अर्ब भन्दा बढी राजस्व चुहावट भएको अनुमान गरिएको पनि उनले बताए ।
ओमाेडा र डिपलका इभिमा किलोवाट छली भैरहेको फेलापरेपछी भन्सार बिभागले प्राबिधिक परिक्षण सहितको अध्ययन गरिरहेको छ । किलोवाट छली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान बिभागले पनि चासो देखाईसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्