Shikhar Insurance
National Life

संसदबाटै बजेट ल्याउनु नै ठूलो उपलब्धि हो : अर्थमन्त्री पुन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १३:५६
Hyundai
NCELL
NIMB

काठमाडौ । अर्थमन्त्री बर्षमान पुनले संसदबाटै बजेट ल्याउनुलाई ठूलो उपलब्धि मानेका छन् । अर्थमन्त्रलयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अन्योलका बिचमा संसदबाटै बजेट आउनुले ठूलो उपलब्धि भएको बताएका हुन ।

मन्त्री पुनले राजस्वको दर निर्धारण गर्दा अर्थसचिव मधु मरासिनी म्याटमै सुतेको बताए । राजस्व सचीव भने बिहान चार बजे घर गएको उनको भनाइ छ । राती अबेरसम्म संसदमा बजेट पेश हुने नहुने विषयले पिरोलेको मन्त्री पुनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजेटमा प्रतिक्रिया हेर्दा सन्तुलित छ । बजेट निर्माणका क्रममा लोकतन्त्रको सुन्दरता भनेको संवाद हो । करको दर निर्धारण गर्दा हडबडाएर निर्धारण गरेका छैनौं । उनले भने गतवर्षको आंकलनहरु मिलिरहेको थिएन । आशा जगाउने प्रयत्न गरेका छौं।

युवाहरूमा हामिले निराशा देखेका छौं । आर्थिक सुधारको लागि मात्रै हामिले काम गरेकाे उनले बताए । उनले भने ‘प्रदेशहरुले राम्रा काम गरिरहेका छन् । काठमाडौंको हबमा विकास गर्ने योजना छ । पोखरा पर्यटन राजधानी घोषणा गरेको छ ।’

तयारी वस्तु र कच्चा पदार्थमा एक तह माथी भन्सार दर तोकेकाे पुनले जानकारी गरे । बजेट बोक्ने झोला सम्पूर्ण रुपमा नेपाली नै बोकेको उनको भनाइ छ । सहकारीले समाजमा राम्रो प्रवाभ पनि पारेका छन । केहि समस्या पनि परेका छन् । बजेटले राम्रो गरिरहेका सहकारीलाई हतोत्साहित नहुन सहयोग गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्