Shikhar Insurance
National Life

इभी गाडीमा बढ्यो कर, कुन सेग्मेन्टमा कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १९:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विद्युतिय गाडीमा कर वृद्धि गरेका छन् । मन्त्री पुनले इभी गाडीमा कर बढाएका हुन् । इभी गाडी शुन्यदेखी ५० किलोवाट सम्म भन्सार महसुल १० प्रतिशत लाग्दै आएकोमा ५ प्रतिशत बढाएर १५ प्रतिशत पुर्याइएको छ । यस्तै अन्तशुल्क नलाग्ने यो सेग्मेन्टमा ५ प्रतिशत अन्तशुल्क लगाइएको छ ।

५१ किलोवाटदेखी १०० किलोवाट सम्म १५ प्रतिशत लाग्दै आएको भन्सार महसुल २० पुर्याइएको छ । यस्तै १० प्रतिशत रहेको अन्तशुल्क १५ बनाइएको छ । १ सय देखी २ सय किलोवाटसम्म भन्सार र अन्तशुल्क २०/२० प्रतिशत लाग्दै आएकोमा भन्सार महसुल १० प्रतिशत बढाएर ३० पुर्याइएको छ । यसैगरी, २ सय देखी ३ सय किलोवाटसम्मको भन्सार महसुल ४० प्रतिशतबाट ६० प्रतिशत पुर्याइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्तशुल्क भने ४५ प्रतिशतबाट ३५ प्रतिशतमा झारिएको छ । ३ सय किलोवाटभन्दा माथीको इभी गाडीमा ६० प्रतिशत भन्सार महसुलबाट ८० प्रतिशत पुर्याइएको छ । यस्तै १० प्रतिशत अन्तशुल्क घटाएर ५० प्रतिशत कायम गरिएको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्