Shikhar Insurance
National Life

मिलेर अघि बढियो भने ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छः महासंघ अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १८:२८
Hyundai
NCELL
NIMB

नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरण को सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो सोही अनुरूप नयाँ चरण को सुधार र आयोग बन्ने सँगै सुधार बर्ष घोषणा भएको छ ।

महासंघले प्रवर्द्धन गरेको सानो बचत बाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी लाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाड मा फलफूल खेती को विषय आएको छ, पर्यटनमा वैवाहिक पर्यटन MICE पर्यटन Hill station बिकास गर्ने विषय आएका छन् । सूचना प्रविधि र start up मा केहि सहुलियत र विस्तारका योजना छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निजी क्षेत्र प्रवर्द्नन जुन महासंघको सधैको माग थियो त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ। यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६% को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ । बाकि राजश्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्