Shikhar Insurance
National Life

जलवायु परिवर्तन अनुकुलन तथा न्युनिकरणका कार्यक्रम सञ्चालन गर्ने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १८:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्युनिकरणका कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्युनिकरणका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

उनले विपद् व्यवस्थापन र जलवायु अनुकुलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने बताए । जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले जलवायु परिवर्तनबाट हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गरी हिमाल जोगाऔं, मानवता बचाऔं अभियानलाई निरन्तरता दिइने पनि बताए । उनले भौतिक पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तन अनुकूलित पूर्वाधार निर्माण गर्ने, संघ, प्रदेश र स्थानीय तहबाट हुने भवन निर्माणमा जलवायु अनुकुलन तथा ऊर्जा दक्षता अभिवृद्धि गर्ने, जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको प्रभाव न्युनिकरण र अनुकुलन हुनेगरी उपयुक्त प्रविधिको प्रयोग गर्ने बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्