काठमाडौं । आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयमा २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् । उनले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानी वितरण प्रणाली बिस्तार कार्य अगाडी बढाइने बताए ।
मन्त्री पुनले मेलम्ची खानेपानी आयोजनामा ५० करोड रुपैयाँ बजेट छुट्याइएको पनि जानकारी दिए । उनले आगामी आर्थिक वर्ष खानेपानी सुविधा बिस्तारबाट थप ४ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताए । त्यस्तै धोबिघाट, बालकुमारी र सल्लाघारीमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य शुरु गरिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्