काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री बर्षमान पुनले संघीय संसदमा पेश गरेको बजेट वक्तव्य अनुसार कुल बजेटको ६१.३१ प्रतिशतले हुन आउने ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरिएको छ भने १८.९४ प्रतिशतले हुने ३ खर्ब ५२ अर्ब ३५ करोड रुर्पयाँ विकास खर्च छुट्याईएको छ ।
वित्तिय व्यवस्थापनका लागि कुल विनियोजनको १९.७४ प्रतिशत अर्थात ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले आगामी आर्थिक बर्षका लागि १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको छ । सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने भनेको छ भने बाह्य ऋण २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य सरकारले लिएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि ५२ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक सहयोग प्राप्त गर्ने लक्ष्य निर्धारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्