काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्र्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । आगामी आर्थिक बर्षको बजेट वक्तव्य वाचन गर्दै मन्त्री पुनले सरकारको निरन्तरको प्रयासले अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका हुन् ।
उनले नेपाललाई लगानी योग्य गन्तव्य बनाउनका लागि सरकारले दर्जन बढी कानुनहरु संसोधन गरिसकेको पनि उनले बताए । गणतन्त्र नेपालको १६ बर्षे यात्राका क्रममा अभूतपूर्व विकास भएको तथ्यांकहरु पनि मन्त्री पुनले अघि सारेका छन् ।
मन्त्री पुनले यसपाली ढाकाबाट बनेको ब्रिफकेशमा बजेट वक्तव्य बाँधेर लगेका थिए ।
प्रतिक्रिया दिनुहोस्