Shikhar Insurance
National Life

संसदिय समितमा जुट्यो सहमति, रविको सट्टा ‘गोरखा मिडीया प्राली’को नाम राखियो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १४:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसले माग गरेको संसदिय छानविन समितिको माग पुरा भएको छ । मंगलबार बसेको कार्यदल बैठकले कार्यक्षेत्र (टीओआर) टुङगाएसँगै समिति गठन भएको हो ।

४  बुँदे सहमतिमा रवि लामिछानेको नामको सट्टामा गोरखा मिडिया नेटवर्क प्राली राखिएको छ । सो सहमतिसँगै संसद अवरुद्ध नगर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनाएको छ । समितिलाई ३ महिनाको समय तोकिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समितिमा पदम गिरी संयोजक रहेका छन् । यस्तै सदस्यहरुमा जीवने परियार, महेश कुमार बर्तौला, हितराज पाण्डे, ज्ञानेन्द्र ब कार्की, शिशिर खनाल रहेका छन् ।

यस्तो छ कार्यक्षेत्र

१. सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने ।

२. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने ।

३. नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची-१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने ।

४. सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुऱ्याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए-नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्