काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ रहेको छ । अघिल्लो दिन तेजावी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९२० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो । आज (मंगलबार) चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्