काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना संकटमा देशलाई सत्ता स्वाथले दुर्घटनामा धकेल्ने नेताहरुलाई जनताले क्षमा नगर्ने बताएका छन् । संसद बिघटन गरि ओली सरकारले निर्वाचनको मिति घोषणा गरेपछि पूर्व राजा ज्ञानेन्द्रले ट्वीटर मार्फत प्रतिक्रिया जनाएका हुन् ।
उनले सरकार कोरोना नियन्त्रणको दायित्वबाट पन्छिएर राजनीतिक जालझेलमा लागेको आरोप पनि लगाएका छन् । जनताको स्वास्थ्यलाई ख्याल नगरि नेताहरु अपराध कर्ममा लागेकाले शासक र उनका मतियारका अपराधलाई जनताले क्षमा नगर्ने बताएका हुन् ।
यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) May 22, 2021
प्रतिक्रिया दिनुहोस्