Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा अब आफ्नै भवनमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १४, सोमबार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो शाखा कार्यालय नवनिर्मित भवनबाट सञ्चालनमा ल्याएको छ । बैंकले मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित भवनबाट सञ्चालनमा ल्याएको हो ।

यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भइरहेको छ । बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहक महानुभावहरुलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ्ग सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, उक्त नवनिर्मित भवनमा ग्राहक महानुभावहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले Cash Deposit machine, KIOSK Machine, Cash Recycler Machine जस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ्ग कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ्ग हल समेत सञ्चालनमा ल्याएको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्