Shikhar Insurance
National Life

गार्डियन माइक्रो लाइफले साढे २२ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १४, सोमबार १७:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले २२ लाख ५० हजार कित्ता साधारण सेयर(आईपीओ) सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । संस्थाले प्रति सेयर १०० रूपैयाँ अंकित दरले साधारण सेयर निष्काशन गर्ने भएको हो ।

संस्थाले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित गार्डियन माइक्रो–लाइफ इन्स्योरेन्स नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्