काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ३.९३ अंकले बढेर २११३.२७ अंकमा पुगेको हो ।
सोमबार ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता किनबेच हुँदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँ कारोबार भएको छ ।
सोमबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ४० लाख ४७ हजार ४ सय ३४ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ५ सय ७२ रुपैयाँ ८० पैसा रहेको छ ।
सोमबार १८१ कम्पनीको सेयर मूल्य बढ्दा ११९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, सोमबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्