Shikhar Insurance
National Life

‘लहान एक्पो’ मा साढे १ करोड भन्दा बढी कारोबार

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १४, सोमबार १३:०४
Hyundai
NCELL
NIMB

सिरहा । उद्योग वाणिज्य संघ सिरहा लहानले गत चैत्र ३० गतेदेखि वैशाख १० गतेसम्म आयोजना गरेको ‘लहान एक्पोः मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ मा १ करोड ५९ लाख भन्दा बढी कारोबार भएको छ ।

संघले आइतबार पत्रकार सम्मेलन गरी १० दिनसम्म चलेको महोत्सवमा १ करोड ५९ लाख ३२ हजार तीन सय ५५ रुपैयाँ कारोबार भएकामा त्यसमध्ये १ करोड ४८ लाख ५२ हजार छ सय ९९ हजार रुपैयाँ खर्च भएको जानकारी दिएके हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघका अध्यक्ष विकास सारडाले खर्च कटाएर १० लाख ७९ हजार छ सय ५६ रुपैयाँ नाफा भएको र ८ लाख ७२ हजार पाँच सय ६४ रुपैयाँ सरकारलाई राजश्व बुझाएको जानकारी दिए ।

महोत्सवबाट प्राप्त नाफा रकमको १५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने नीतिअनुसार सप्तरीका अग्निपीडितलाई १ लाख रकम बराबरको सामाग्री प्रदान गरिएको र बाँकी रकम अन्य सामाजिक क्षेत्रमा खर्च गरिने पनि उहाँले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्