Shikhar Insurance
National Life

रात्रिकालीन व्यवसायीले भनेः पाँच प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने व्यवसाय बन्द गर्छौ

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १४, सोमबार १३:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले थप पाँच प्रतिशत कर तिर्नुपरेमा सम्पूर्ण व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् ।
आइतवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मर कट्टेललाई विज्ञप्ति बुझाउँदै व्यवसायीले प्रदेश सरकारले थप पाँच प्रतिशत मनोरञ्जन कर लगाए थप करको भार धान्न नसकेर व्यवसाय नै बन्द गर्ने चेतावनीसहित विज्ञप्ति बुझाएका हुन् ।

व्यवसायीले आर्थिक ऐन २०८० को दफा ५ बमोजिम अनुसूची ३ मा रात्रीकालीन व्यवसाय लगायतमा पाँच प्रतिशत मनोरञ्जन कर तोकेकोमा मुख्यमन्त्री जम्मरकट्टेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सभामुख भुबन पाठक, अर्थमन्त्री , पर्यटन मन्त्री, कानुन मन्त्री ,मुख्य सचिव लगायतका विभिन्न निकायका सचिवहरूलाई समेत बुझाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

व्यवसायीहरूले आर्थिक ऐन २०८० को दफा ५ बमोजिमको अनुसूची–३ लाई संशोधन गरी करको भारबाट मुक्त गराउनसमेत माग गरेका छन् । ‘बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८० ले गर्दा व्यवसाय सञ्चालनमा थप कठिनाइ भइ व्यवसायीहरूलाई मार परेको र गम्भीर संकट पैदा भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सभाबाट आर्थिक ऐन जारी गर्दा विद्यमान कानुनी व्यवस्था र व्यवसायीलाई मध्यनजर गरी आर्थिक भार नपर्ने तथा निरूत्साहित नहुने गरी कानुन बनाइनुपर्ने विज्ञप्तिमा बताइएको छ ।

नेपाल सरकारको विद्यमान करनै धान्न नसक्ने अवस्थामा रहेकामा प्रदेश सरकारले थप पाँच प्रतिशत कर लगाउँदा व्यसाय गर्ननै नसक्ने अवस्था आउने भएकाले मनोरञ्जन कर वार्षिक २ हजार र १५ सय रूपैयाँ तिर्नेगरी कानुन संशोधन गर्न समेत व्यवसायीले अनुरोध गरेका छन् ।

नेपाल सरकारको आर्थिक ऐन २०७९ बमोजिम लाग्ने सम्पूर्ण कर तथा राजश्व सम्पूर्ण व्यवसायीले तिर्दै आएको मुख्यमन्त्री जम्मरकट्टेललाई बुझाइएको विज्ञप्तिमा उल्लेख छ । व्यवसायीहरूले नियमित रूपमा आयकर, व्यवसाय कर ,राजश्व र नियमित रूपमा गर्नुपर्ने व्यवसायी नवीकरण गरिरहेको बताएको छन् ।

रात्रीकालीन व्यवसायकै कारण २० हजार बढीले रोजगार पाएको उनीहरूले बताएका छन् । मनोरञ्जन करकै कारण २० हजार बढी कामदारको रोजगारी गुम्ने खतरा रहेको व्यवसायीहरुले मुख्यमन्त्रीलाई जनाएका छन् ।विगतमा व्यवसायीले मनोरञ्जन कर स्वरूप क्लबले २ हजार र डान्स बार,दोहोरी लगायतका अन्य व्यवसायले १५ सय रूपैयाँ तिर्ने गरेको मुख्यमन्त्रीलाई स्मरण गराएका थिए ।

ठमेल पर्यटन परिषद का अध्यक्ष भबि शर्माको नेतृत्त्वमा परिषदका उपाध्यक्ष शहदेब धमला, नेपाल रात्रि कालिन ब्यबशायी संघका अध्यक्ष रुपेश गुरुंग, नेपाल क्लब तथा डिस्को संघ का अध्यक्ष राजु दनाई उपाध्यक्ष भुपेन कुँवर, महासचिव आयुश ठकुरी र नेपाल लोक दोहोरी ब्यबशायी संघका अध्यक्ष बिनोद श्रेष्ठ लगायत अन्य व्यवसयीहरूले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्