Shikhar Insurance
National Life

आईसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र “९प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८” निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा आईसिएफसि फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ । यस कम्पनीले २१ शाखा, १ एक्स्टेन्सन काउन्टरका साथै २१ वटा एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्