Shikhar Insurance
National Life

आगामी आर्थिक वर्षको बजेट संसदमै पेश हुन्छ: सांसद पौडेल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १७:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्ष २०८१÷०८२ को बजेट संसदमै पेश हुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले जेठ १५ गते आर्थिक वर्ष २०८१/०८२ को बजेट संसदमै पेश हुने बताएका हुन् ।

उनले मंगलवारसम्ममा सहमतीको बिन्दु खोजेर बजेट संसदबाटै ल्याइने बताए । उनले सहकारी पीडितहरु आफ्नो वचत रकम फिर्ताको माग गर्दै आन्दोलन गर्न थालेका भन्दै सबै सहकारी पीडितले न्याय पाउनेगरी संसदीय छानविन समिति बनाउनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले गृहमन्त्री मात्रै नाम तोकेर नभइ सबै सहकारीको छानविन गर्नेगरी समिति बनाउन सरकार तयार रहेको जानकारी गरे । उनले अहिलेसम्म गृहमन्त्रीको नाम राख्ने कि नराख्ने भन्नेमा नै कुरा अड्किएको बताए । उनले सरकार संसदमा रस्साकस्सी गर्ने पक्षमा नभएको बताए । उनले सरकारले प्रतिपक्षलाई नपेलेको पनि जिकिर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्