Shikhar Insurance
National Life

२२.१४ अंकले घट्यो सेयर बजार , कारोबार रकममा पनि गिरावट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अंकले घटेर परिसूचक २१०९.३४ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

आइतबार ३१५ कम्पनीको १ कारोड १० लाख ४४ हजार ४ सय ८५ कित्ता कारोबार हुँदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४ सय ७१ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार आइएमई लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार कारोबार भएके छ । कम्पनीको १५ करोड ६६ लाख १३ हजार ८ सय ३३ रुपैयाँ ८० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ६० रुपैयाँ पुगेको छ ।

आइतबार २९ कम्पनीको सेयर मूल्य बढ्दा २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै,आइतबार  १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने इनफिनिटि लघुवित्तको सेयर मस्ल्य ६.३६ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्