Shikhar Insurance
National Life

नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छ : सांसद शर्मा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १४:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन् ।

आइत्बार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रको सुधार हुनेगरी आएको बताए)का हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवद्र्धन र सामाजिक सेवा प्रवाहमा सुधार हुनेगरी नीति तथा कार्यक्रम रहेको बताए । त्यस्तै सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणजस्ता कुराहरुलाई नीति तथा कार्यक्रमले अगाडी सारेको बताए ।

नीति तथा कार्यक्रमले शान्ति प्रक्रियालाई शिघ्र तार्किक निष्कर्षमा पु¥याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने पनि उनको भनाइ रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्