Shikhar Insurance
National Life

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले भोटेकोशी हेली रिसोर्टलाई आईपीओ निष्कासनमा सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १२:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र भोटेकोशी हेली रिसोर्ट तथा स्पा लिमिटेडबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबचि संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीको व्यवसायिक रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा कम्पनीको व्यवसायको सुक्ष्म अध्ययन र व्यवसायलाई आवश्यक पूँजीको उपलब्धता जस्ता समन्वयकारी÷सहयोगी भुमिका निर्वाह गरी कम्पनीलाई ४ स्टार सम्मको अतिथ्यता सत्कार गर्न सक्ने बनाउन कम्पनीको क्षमता अभिबृद्धिमा सहयोगीको भूमिका खेल्ने र कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनसम्मको कार्य गरी कम्पनीलाई एक सूचिकृत कम्पनी बनाउने उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोदारी राजमार्ग अन्तर्गत चीनको सीमाना तातोपानी जाने बाटोको भोटेकोशी नदि छेउमा रहेको उक्त भोटेकोशी हेली रिसोर्ट पारिवारिक बिदा मनाउन, गोष्ठी, सेमिनारहरु गर्न, विवाह र अन्य विशेष कार्यक्रमहरु गर्न उपर्युक्त स्थान रहेको कम्पनीले जनाएको छ । उच्च स्तरिय आतिथ्य सत्कार गर्ने यस रिसोर्टले निकट भविष्यमा नै क्यासिनो लगाएतका बिभिन्न मनोरञ्जनात्मक सेवा सुबिधाहरु थप्दै आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने जनाएको छ । सुन्दर प्राकृतिक वाताबरण रहेको यस क्षेत्रमा जानको लागि काठमाण्डौंबाट २० मिनेटको हेलिकप्टर उडान वा ३ घण्टाको सडक सवारीबाट पुग्न सकिन्छ भने चीनको खासा स्थित मितेरी पुलबाट करिवन ४५ मिनटको सडक सवारीबाट पुग्न सकिन्छ ।

सो सम्झौतामा नबिल इन्भेष्टमेन्टले भोटेकोशी हेली रिसोर्टलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । सम्झौता पत्रमा श्री भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष चिन बहादुर रानाभाट र नबिल ईन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्