Shikhar Insurance
National Life

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग, यस्ता छन् मूल्य र विशेषता

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार १८:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । रेड्मी नोट १३ सिरिजले किफायती मूल्यहरूमा उत्कृष्ट सुविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको छ । यस सिरिजले गत वर्ष जस्तै किफायती मूल्यमा अपग्रेड गरिएका बलियो फिचर सहितका स्मार्टफोनहरु प्रदान गर्ने लक्ष्य राखेको हो ।

तर के यो केवल अर्को किफायती विकल्प मात्रै हो कि यसले केही विशेष पनि प्रदान गर्दछ ? शाओमीका स्मार्टफोनले हरेक रेन्जमा केही फरक प्रदान गर्दै आएको छ भने रेड्मी नोट १३ पनि कम छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र १८८.५ ग्रामको तौलले यसलाई स्लिम र हल्का तौल बनाउन सगाएको छ । यसको मनमोहक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४०० ह १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभवको सुनिश्चित गर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहित उपलब्ध छ ।

स्न्यापड्रागन ६८५ चिपसेट सहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स सुनिश्चित गर्दछ । एन्ड्रोइड १४ र हाइपर ओएस को सहायताले यो डिभाइस निर्बाध रूपमा चल्दछ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् ।

रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीहरुमा छुट्टै चमक ल्याउँनेछ ।

रेड्मी नोट १३ एक साधरण स्मार्टफोन मात्र नभएर शानदार डिस्प्ले, बलियो पर्फर्मेन्स १०८ एमपीको क्यामेरा भएको उत्कृष्ट फोन हो । यो फोनको ५हजार एमएच ब्याट्री ३३ वाटको फास्ट चार्जरबाट चार्ज गर्दा एकदमै छिटो चार्ज हुन्छ । एउटा स्टाइलिस, टिकाउ, र बलियो फोन खरिद गर्न चाहने प्रयोगकर्ताका लागि रेड्मी नोट १३ एक उत्कृष्ट फोन हो । यदि तपाईँ पनि किफायती मूल्यमा उत्कृष्ट ब्राण्डेड फोनको खोजिमा हुनुहुन्छ भने रेड्मी नोट १३ तपाइँको लागि उत्कृष्ट स्मार्टफोन हुनेछ ।

रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन, ओसियन सनसेट र आइस ब्लू कलरहरुमा उपलब्ध छ । यी फोनहरुको मूल्यको कुरा गर्दा ६÷१२८ जिबि को मूल्य २४ हजार ९ सय ९९ छ भने ८÷२५६ जिबिको मूल्य २७ हजार ९ सय ९९ छ । ग्रहक महानुभावहरुलाई प्रोत्साहन गर्नको लागि शाओमीले रेड्मी नोट १३ किन्दा २ हजार ९ सय ९९ मूल्यको बड्स ४ एक्टीभ मात्र१ हजार ६ सय ९९ को बन्डल अफरमा पाउन सकिनेछ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्