Shikhar Insurance
National Life

हेल्थ इन्स्टिटच्यूट समबद्धका ११ क्याम्पस प्रतिनिधिहरुले गरे उपकुलपतिसंग अन्तरक्रिया

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार १७:२२
Hyundai
NCELL
NIMB

काठमाडाैं । सोसाइटी फर टियू अफिलिएट् हेल्थ इन्स्टिटच्यूट समबद्ध ११ क्याम्पसका प्रतिनिधिहरुले हालै नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । क्याम्पसका प्रतिनिधिहरुले चिकित्सा शिक्षासंग सम्वन्धित महत्वपूर्ण विषयहरुमा छलफल गरी समाधानका उपायहरु बारे छलफल गरेका हुन् ।

त्रिभु्वन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन सस्थानवाट संवन्धन प्राप्त क्याम्पसहरुले चिकित्सा शिक्षा आयोगले विद्यार्थी भर्नाको लागि अपनाएको लामो र झनझटिलो प्रकृया बाट कक्षाकोठाहरुमा देखिएको बिद्यार्थी अभाव, शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयन, विश्वबजार र प्रतिस्पधी अनकुलको पाठयक्रम शंसोधन, एकद्धार प्रणाली वाट शुल्क लिने व्यवस्था, विद्यार्थीहरु बिदेश पलायन वाट सिर्जित समस्याहरु र रोजगारका अवसरहरु र्सिजना गर्ने विषयहरु र समाधानका उपायहरुका बारेमा छलफल केन्द्रित रहेको संस्थाका अध्यक्ष प्रा. डा. जैनउदनि अन्सारीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपकुलपतिले गुणस्तरिय शिक्षा प्रदान गर्ने कार्यमा सस्थाहरुले पुराएको योगदानको चर्चा गर्दै समस्या समाधानमा आफु सकारात्मक रहेको धारणा व्यक्त गर्नु भयो र विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान र निजी लगानीवाट संचालित सम्वन्धन प्राप्त सस्थाहरुको आपसी समन्वय तथा सहकार्यबाट समस्याहरु समाधान हुने विश्वास व्यक्त गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्