Shikhar Insurance
National Life

कञ्चनपुरमा १ लाख मेट्रिकटन गहुँ उत्पादन, गत वर्षभन्दा तीन प्रतिशत वृद्धि

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार १३:२२
Hyundai
NCELL
NIMB

कञ्चनपुर । कञ्चनपुरमा यो वर्ष गहुँ उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८०/८१ मा १ लाख एक सय ८४ मेट्रिकटन गहुँ उत्पादन भएको जनाएको छ ।

केन्द्रका सूचना अधिकृत हरिदत्त जोशीले यहाँ ३१ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा गहुँखेती हँदै आएको बताए । उनले भने,“यहाँ दुई दशमलव २१ प्रतिहेक्टर गहुँ उत्पादकत्व रहेको छ । गत वर्षभन्दा तीन प्रतिशतले उत्पादन बढेको छ ।” जोशीका अनुसार गत वर्ष कञ्चनपुरमा ९७ हजार तीन सय ७५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यहाँ ५९ हजार छ सय दुई हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको बताउँदै उनले यहाँ ५६ हजार ६०२ हेक्टरमा मात्रै खेती गरिँदै आएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुचना अधिकृत जोशीले भने,“कञ्चनपुरमा अझै कुल जनसङ्ख्याको ७२.६३ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । अझै सबैतिर सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधाको पहुँच विस्तार गर्न सके उत्पादनमा पनि वृद्धि हुने थियो ।” उनले हालसम्म ४० हजार ७२५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको जानकारी दिए ।

यहाँ निर्माणाधीन महाकाली सिँचाइ तेस्रो चरण आयोजना सम्पन्न भए कञ्चनपुरसँगै कैलालीको मालाखेतीसम्म गरी ३३ हजार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा पुग्ने छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाका लागि कञ्चनपुर र कैलाली अन्न भण्डार मान्छिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्